२३ भदौ २०८३, मंगलबार | September 9, 2026

दोस्रो इन्टर डो जो च्याम्पियनसिप २०८१ सम्पन्न



शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा दोस्रो इन्टर डो जो च्याम्पियनसिप २०८१ सम्पन्न भएको छ । जापान गुज्रियो कराते डो क्यानवाकाई नेपाल एसोसिएसन रूपन्देहीको आयोजनामा शुद्धोधन र छिमेकी स्थानीय तहका समेतगरी १३ वटा डोजोहरूको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल फर्साटिकर प्रथम स्थान हासिल गरेको थियो भने दोस्रो स्थान फर्साटिकर मा वि र तेस्रो स्थान दुर्गा शैक्षिक गृहले हासिल गरेको थियो ।

प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष एवं गाउँ पालिका प्रवक्ता केशव अधिकारीले खेलको माध्यमबाट मानसिक तथा शारिरीक रुपमा तन्दुरुष्टी र स्वस्थ बनाउने बताए । स्वस्थ मानिसबाट स्वस्थ विचार आउने र स्वस्थ विचारबाट समाज रुपान्तरणको नयाँ रेखा कोर्ने वडा अध्यक्ष अधिकारीले उल्लेख गरे ।

कुमुते र काता गरी विभिन्न विधामा सम्पन्न भएको प्रतियोगितामा छात्र र छात्रा गरी करिब १३० जना कराते खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा बेस्ट फाइटरको उपाधि नीलम थापाले प्राप्त गरेका थिए ।

कार्यक्रममा जापान गुज्रियो कराते दो क्यानवाकाई नेपाल एसोसिएसन केन्द्रका उपाध्यक्ष रवि राना र शुद्धोधन खेलकुद विकास समिति अध्यक्ष मुकेश कुँवरको विशिष्ट आतिथ्यता, फर्साटिकर व्यापार संघका अध्यक्ष लालमणि श्रेष्ठ, फर्साटिकर टोल विकास समितिका अध्यक्ष गोमा पाण्डे, शुद्धोधन गाउँपालिका मार्सल आर्ट संयोजक राजु क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : ०९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी