बुटवल । बुटवलको राजर्माग चौराहामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना परी स्कुटरका चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवल कालिकानगरमा बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको उनले बताए ।
प्रतिक्रिया