४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा आजदेखि क्यान्सर विरुद्धको ‘एचपिभी खोप’ लगाइदैं



बुटवल । बुटवल उपमहानगरपालिकामा आजदेखि करिब १० हजार किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइँदै छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एचपिभी खोप अभियानमा बुटवलमा ९ हजार ९६१ जना किशोरीहरूलाई खोप लगाइने भएको हो ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई एचपिभी खोप लगाउने गरी तयारी गरीएको बताए ।

यहाँ खोप लगाउन कुल ८३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । बुटवल भित्रका ७० वटा विद्यालय, १२ वटा स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा खोप अभियानमा छुटेकाहरुलाई आम्दा अस्पतालमा माघ २८ र २९ गते दुई दिन खोप लगाइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । बुटवलमा आवश्यक खोपको मात्रासमेत आइसकेको उनले बताए । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप दिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने स्वयमसेवकहरु तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुकिकरणका कार्यक्रमहरु गरिएको उनले बताए ।

बुटवलमा खोप अभियानका लागि १७२ जना स्वास्थ्य स्वयम् सेविका, ७० जना विद्यालयका शिक्षिका तथा नर्स र ४६ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ११ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा