१० श्रावण २०८३, आइतबार | July 26, 2026

बुटवलमा दोस्रो थकाली युवा राष्ट्रिय भेला एवम् महाधिवेशन बुधबारदेखि



बुटवल । दोस्रो थकाली युवा राष्ट्रिय भेला एवम् महाधिवेशन बुधबारदेखि बुटवलमा आयोजना हुने भएको छ । अधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु बुटवल आउने क्रम जारी रहेको केन्द्रीय अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।

बुटवलमा २ दिनसम्म आयोजना हुने महाधिवेशनका लागि प्रतिनिधि तथा प्रवेक्षक गरी ७५ जना प्रतिनिधिहरु सहभागी हुँदै छन् । देशभरका विभिन्न १९ वटा सेक्टरबाट प्रतिनिधिहरु सहभागी हुने जानकारी गराइएको छ । महाविधेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

महाधिवेशनको संघीय सांसद योगेश शेरचनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको अवसरमा युवा पिंढी तथा नयाँ पुस्तालाई थकाली संस्कृति र मर्यादा बारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने कोषध्यक्ष संजिव तुलाचनले जानकारी दिए ।

महाधिवेशनले अध्यक्ष, दुई जना उपाध्यक्ष, सचिव, २ जना सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदाधिकारी रहनेगरी १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशन सम्पन्न भएपछि रुपन्देहीका पर्यटकीय स्थलहरु भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, जितगढी किल्ला लगायतका ठाउँहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको थकाली युवा परिवारले जनाएको छ ।

क्रिकेटर गौचनसहितका व्यक्तिहरुलाई सम्मान

महाधिवेशनको अवसरमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई सम्मान गर्नुका साथै पवित्र धार्मिकस्थल पुङयुङ ओढार (बाह्र वर्षे मेलामा ४ चनका पाँडेहरुले वंशावली वाचन गर्नेस्थल) पुनः निर्माणका लागि ५० हजार आर्थिक सहयोग हस्तान्तरण लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : २१ बजे

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ