२५ भदौ २०८३, बिहिबार | September 10, 2026

श्रृङ्गेश्वर धाममा भोलीदेखि श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महामहोत्सव तथा श्रृङ्गारिक महाआरती हुँदै



तिलोत्तमा । रुपन्देहीको त्तिलोत्तमामा रहेको श्रृङ्गेश्वर धाममा महायज्ञको आयोजना हुने भएको छ । धार्मिक पर्यटनको केन्द्र बन्दै गरेको धाममा तयार गरिएको गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको जानकारी गराईएको हो ।

१८ कठ्ठा क्षेत्रफलमा फैलिएको धाम परिषरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघको २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान-विज्ञान श्रृङ्गेश्वर धार्मिक महामहोत्सव तथा श्रृङ्गारिक महाआरती गर्न लागिएको श्रृङ्गेश्वरधाम एवम् महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीले जानकारी गराए ।

सु-प्रसिद्ध कथावाचक पुज्य आचार्य श्री ओमप्रकाश सुवेदी प्रमुख वाचकका रुपमा रहने संयोजक पाण्डेले बताए । महायज्ञको अवसरमा बिहिबार बिहान १० बजे श्रृङ्गेश्वर धाम र योगिकुटी पौवा होटल अगाडीबाट कलश यात्रा शुरु भई हाइवे परिक्रमा गरि धाम पुगेर कलश सकिने पनि पाण्डेले बताए ।

महायज्ञको बिहिबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नेछन् भने विहान शोभा कलश यात्रा गरिने जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले बताए । पण्डित ओमप्रकाश सुवेदीको मुखारबृन्दबाट कथा प्रवचन हुनेछ भने हरेक दिन बिहान योग तथा ध्यान, नित्य पुजा पाठपारायण, दिउँसो कथा प्रवचन, साँझ श्रृङ्गारिक दिब्य महाआरती, राष्ट्रिय कलाकार सहितको देवलिलामय झाँकी, भजन हुने प्रचारप्रसार समितिको संयोजक पत्रकार खिमानन्द भट्टराईले जानकारी गराए ।

त्यस्तै महायज्ञमा ब्रतबन्ध, चौरासी पुजा, ग्रहशान्ती, तुलादान, रुद्रादिभिषेक लगायतका विशेष कर्मसमेत गरिने उनले बताए । त्यस अवसरमा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा.नारायण पन्थले महायज्ञमा आई संगितमय कथा श्रवण गर्न र सक्दो दान गर्नको लागि आह्वान गरे ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ११ बजे

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने