४ पुस २०८२, शुक्रबार | December 19, 2025

श्रृङ्गेश्वर धाममा भोलीदेखि श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महामहोत्सव तथा श्रृङ्गारिक महाआरती हुँदै



तिलोत्तमा । रुपन्देहीको त्तिलोत्तमामा रहेको श्रृङ्गेश्वर धाममा महायज्ञको आयोजना हुने भएको छ । धार्मिक पर्यटनको केन्द्र बन्दै गरेको धाममा तयार गरिएको गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको जानकारी गराईएको हो ।

१८ कठ्ठा क्षेत्रफलमा फैलिएको धाम परिषरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघको २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान-विज्ञान श्रृङ्गेश्वर धार्मिक महामहोत्सव तथा श्रृङ्गारिक महाआरती गर्न लागिएको श्रृङ्गेश्वरधाम एवम् महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीले जानकारी गराए ।

सु-प्रसिद्ध कथावाचक पुज्य आचार्य श्री ओमप्रकाश सुवेदी प्रमुख वाचकका रुपमा रहने संयोजक पाण्डेले बताए । महायज्ञको अवसरमा बिहिबार बिहान १० बजे श्रृङ्गेश्वर धाम र योगिकुटी पौवा होटल अगाडीबाट कलश यात्रा शुरु भई हाइवे परिक्रमा गरि धाम पुगेर कलश सकिने पनि पाण्डेले बताए ।

महायज्ञको बिहिबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नेछन् भने विहान शोभा कलश यात्रा गरिने जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले बताए । पण्डित ओमप्रकाश सुवेदीको मुखारबृन्दबाट कथा प्रवचन हुनेछ भने हरेक दिन बिहान योग तथा ध्यान, नित्य पुजा पाठपारायण, दिउँसो कथा प्रवचन, साँझ श्रृङ्गारिक दिब्य महाआरती, राष्ट्रिय कलाकार सहितको देवलिलामय झाँकी, भजन हुने प्रचारप्रसार समितिको संयोजक पत्रकार खिमानन्द भट्टराईले जानकारी गराए ।

त्यस्तै महायज्ञमा ब्रतबन्ध, चौरासी पुजा, ग्रहशान्ती, तुलादान, रुद्रादिभिषेक लगायतका विशेष कर्मसमेत गरिने उनले बताए । त्यस अवसरमा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा.नारायण पन्थले महायज्ञमा आई संगितमय कथा श्रवण गर्न र सक्दो दान गर्नको लागि आह्वान गरे ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ११ बजे

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल