काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रमुख÷मुख्य दलका सचेतकहरुको बैठक बोलाएका छन् ।
अध्यादेशबारे छलफल गर्न भन्दै सभामुख घिमिरेले आज दिउँसो ३ बजे सिंदरबारस्थित आफ्नो कार्यकक्षमा बैठक बोलाएका हुन् ।
अध्यादेशबारे भोलि बस्ने संसद बैठकमा छलफल गरी त्यसलाई स्वीकार गर्ने या नगर्नेबारे मतदान हुँदैछ । विपक्षी दलहरुले अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश अस्वीकरणका ६६ वटा प्रस्ताव प्रतिनिधिसभा र राष्ट्रिय सभामा दर्ता गराइसकेका छन् । सरकारले भने अध्यादेश जसरी पनि पारित हुने जनाएको छ । संसद बैठकले अध्यादेश स्वीकृत गरेपछि संसद सुरुभएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्छ ।
१८ गते बसेको पहिलो बैठकमा ६ वटै अध्यादेश संसद बैठकमा पेश भैसकेका छन् ।


















प्रतिक्रिया