१० श्रावण २०८३, आइतबार | July 26, 2026

लुम्बिनी निर्माण व्यवसायी संघको १८ औं साधारणसभा माघ २६ गते मणिग्रामस्थित विश्राम वाटिकामा हुने



बुटवल । निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहिको १८ औं साधारणसभा यही माघ २६ गते शनिबार हुने भएको छ । बुधबार भैरहवास्थित कार्यलयमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले साधारणसभाबारे जानकारी गराएको हो ।

संघकी अध्यक्ष मञ्जु भुषालका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले सभाको उद्घाटन गर्नेछन्। कार्यक्रममा जिल्लाका अन्य विशिष्ट व्यक्तिहरूसँगै निर्माण सगँ सम्बन्धित कार्यलयका प्रतिनिधि र व्यवसायी महासंघबाट पनि प्रतिनिधित्व रहनेछ। संघ स्थापनाको २८ वर्षको ईतिहासमा ऐतिहासिक साधारण सभा गर्न लागेको अध्यक्ष भुसालले बताईन ।

साधारण सभाको अवसर पारेर संघको गतिविधि समेटिएको “लुम्बिनी निर्माण स्मारिका” नामक पुस्तक प्रकाशन गरी सोही दिन विमोचन गरिने भुसालले बताईन । त्यस्तै, संघका संस्थापक कार्यसमिति र पूर्व अध्यक्षहरूलाई पनि सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

अध्यक्ष भुसालले साधारणसभामा नियमित निर्णयहरूका साथै हाल निर्माण क्षेत्रमा देखिएका समस्याहरू विशेषगरी निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धि, निर्माण व्यवसायीहरूको वक्यौता भुक्तानीलगायत विषयमा पनि पत्रकारको कलमद्धारा सहयोग गर्न अनुरोध गरिन । अध्यक्ष भुसालले लुम्बिनी निर्माण व्यवसायी संघ यस क्षेत्रमा क्रियाशील निर्माण व्यवसायीहरूको प्रमुख संगठन भएको दाबि गरिन उनले व्यावसायिक गतिविधिसँगै संघले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र हाल संघले शववाहन सञ्चालन, विपद् व्यवस्थापन सहयोग, सार्वजनिक संरचनाहरूको निर्माण तथा संरक्षणजस्ता विविध सामाजिक क्रियाकलापहरूमा सक्रिय भूमिका खेल्दै आएको बताईन ।

निर्माण व्यवासायीहरुको जिल्ला गतसंगठनका हिसाबले रुपन्देही ठूलो संगठन हो जस्को मुख्य कार्यालय भैरहवामा र शाखा कार्यालय बुटवलमा रहेको छ । हाल संघमा ५०० भन्दा बढी निर्माण व्यवसायीहरू आवद्ध रहेको महासचिव प्रीतम रौनियारले जानकारी गराए । संघको साधारणसभा रुपन्देहीको मणिग्रामस्थित विश्राम वाटिकामा हुने बताइएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ५२ बजे

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ