११ असार २०८३, बिहिबार | June 25, 2026

कालिका मानवज्ञान माविका १३ सय ६४ छात्रालाई एचपिभी खोप लगाइयो



बुटवल । बुटवल १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप(एचपिभी) प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधवार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी खोप प्रदान गरिएको हो ।

राष्ट्रव्यापी खोप अभियान अन्र्तगत विद्यालयमा कक्षा ६ देखि १० सम्म् अध्ययनरत १ हजार ३ सय ६४ जना छात्राहरुलाई बुधवार खोप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

कालिका मानवज्ञान माविको सेक्टर २ रामनगरमा भने मंगलबार नै यो खोप प्रदान गरिएको सेक्टर २ का ईन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।

बुधवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानपालिकाका प्रमुख खेलराज पाण्डेयले कुनै पनि विद्यार्थी आर्थिक अभावमा अध्ययन गर्नबाट बन्चीत हुने अवस्था नआउन दिनको लागि नगरपालिकाले काम गर्दै आएको बताएका थिए । उनले कुनै पनि विद्यार्थीलाई आर्थिक अभावको कारण शिक्षाबाट बञ्चीत हुन नपर्ने यसको सबै व्यवस्था बुटवल उपमहानरपालिकाले प्रदान गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

अहिलेका किशोरीहरु भविश्यका आमा समेत भएको भन्दै उनले अहिले नै प्रणाघातक रोगको रुपमा रहेको पाठेघरको क्यान्सबाट बच्नको लागि सरकारले नै अर्को बर्ष देखि नियमित खोप कार्यक्रममा समावेश गरेर राम्रो काम गरेको समेत बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका जनास्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेले पाठेघरको मुखको क्यान्स विरुद्धको खोप पूर्णरुपमा सुरक्षित भएको कारण निर्धक्क भएर लगाउनको लागि आग्रह गरेका थिए । उक्त कार्यक्रममा अनुगमनको रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, सहित डब्लु एचओका प्रतिनिधी डा. राजेश सम्बरजिओ पाण्डव, डब्लुएचओका आर्यपीडी टिम लिर डा. जीवीलन्डर सिंह, एनपीओ पीएमई विनोद गुप्ता, सुदन ज्ञवाली, डा. पवन उपाध्यक्ष, डा. सागर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ५९ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान