४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु



बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह पाल्पा माथागढी ५ सुर्खाबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढु‌ङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही देवदह २ का ३१ बर्षिय सुनिल गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त टिप्पर सडकबाट अन्दाजी २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

घटनास्थलमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटि गएको तथा प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको बताउँदै डिएसपी मल्लले सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको बताए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको