२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सगरमाथा स्कुलका चुनारा बने इन्टर स्कुल डान्सिङ स्टार



नेपालगन्ज । इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलिप चुनाराले जितेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघकोले प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै चुनाराले उपाधि जितेका हुन् । विजेता चुनारालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्स सकिल अहमद जसगढलगायतले विजेता चुनारालाई नगद ५१ हजार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

प्रतियोगितामा नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमीका सुदीप परियार दोस्रो, गोर्खा युनाइटेड पब्लिक हाइस्कुलका धर्ती विष्ट मगर र जेनिथ एकेडेमी खजुराकी प्राप्ति गुरुङ तेस्रो भएका थिए । दोस्रो र तेस्रोले क्रमशः ३१ हजार र २१ हजार नगद पुरुस्कार, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे । फिनालेसम्म पुगेका अन्य ६ जनालाई पनि जनही पाँच पाँच हजार रुपैयाँ, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ०६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष