२० भदौ २०८३, शनिबार | September 5, 2026

सगरमाथा स्कुलका चुनारा बने इन्टर स्कुल डान्सिङ स्टार



नेपालगन्ज । इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलिप चुनाराले जितेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघकोले प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै चुनाराले उपाधि जितेका हुन् । विजेता चुनारालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्स सकिल अहमद जसगढलगायतले विजेता चुनारालाई नगद ५१ हजार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

प्रतियोगितामा नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमीका सुदीप परियार दोस्रो, गोर्खा युनाइटेड पब्लिक हाइस्कुलका धर्ती विष्ट मगर र जेनिथ एकेडेमी खजुराकी प्राप्ति गुरुङ तेस्रो भएका थिए । दोस्रो र तेस्रोले क्रमशः ३१ हजार र २१ हजार नगद पुरुस्कार, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे । फिनालेसम्म पुगेका अन्य ६ जनालाई पनि जनही पाँच पाँच हजार रुपैयाँ, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ०६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी