११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्दार, शुक्रबार स्वदेश फर्किँदै



काठमाडौं । ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली नागरिको उद्दार भएको छ ।

दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए ।

उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको छ। गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्स मार्फत माल्दोवाबाट शुक्रवार दिउँसो काठमाडौं आउने संघका अध्यक्ष बद्री केसीले जनाएका छन् ।

उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल, एनआरएनए सदस्य चिरन शर्मा लगायतले मुख्य भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ९ : ०० बजे

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २४ जना घाइते

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका