काठमाडौं । ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली नागरिको उद्दार भएको छ ।
दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए ।
उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको छ। गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्स मार्फत माल्दोवाबाट शुक्रवार दिउँसो काठमाडौं आउने संघका अध्यक्ष बद्री केसीले जनाएका छन् ।
उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल, एनआरएनए सदस्य चिरन शर्मा लगायतले मुख्य भूमिका खेलेका थिए ।


















प्रतिक्रिया