७ श्रावण २०८३, बिहिबार | July 23, 2026

‘काश्मिर एकता दिवस’को अवसरमा पाकिस्तानी दूतावासद्वारा छलफल कार्यक्रम आयोजना



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले ‘काश्मिर:अन्तर्राष्ट्रिय कानुन र अन्तरात्माको परीक्षा’  विषयक एक छलफल कार्यक्रमको आयोजना गरेको छ।

‘काश्मिर एकता दिवस’को अवसरमा आयोजित सो कार्यक्रममा मानवअधिकारकर्मी, बुद्धजीवि, पत्रकार, लेखक लगायतको उपस्थिति थियो । त्यसक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो ।

राष्ट्रपति आसिफ अली ज़रदारीले आफ्नो सन्देशमा म्मु काश्मिर विवाद विश्वका सबैभन्दा पुराना अनसुल्झिएका मुद्दामध्ये एक भएको उल्लेख गरेका छन् । उनले भारतले काश्मिरी जनताको इच्छाविपरीत उक्त क्षेत्र कब्जा गरेको आरोप लगाउँदै काश्मिरी जनताको आत्मनिर्णयको अधिकारप्रति पाकिस्तान संकल्पित भएको जनाएका छन् ।

त्यसअवसरमा पाकिस्तानका राजदूत अबरार एच। हाश्मीले अन्तर्राष्ट्रिय कानुन, विश्वव्यापी अन्तरात्मा र नागरिक समाजको भूमिका तथा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का प्रस्तावहरूको आधारमामा काश्मिर समस्याको समाधान गर्नुपर्ने जनाए । उनले भारतले परिवर्तन गरेका कानूनी व्यवस्थाले त्यहाँको विवादास्पत स्थितिलाई परिवर्तन गर्न नसक्ने उल्लेख गरे ।

छलफलका क्रममा काश्मिरका पीडित जनताको अवस्थालाई उजागर गर्न सबैले आ(आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ९ : २२ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा