४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

गृहमन्त्रीको स्पष्टीकरण – प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ



काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए ।

आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पारे। “अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर गर्छ”, गृहमन्त्री लेखकले भने ।

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ४ : १८ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत