१२ पुस २०८२, शनिबार | December 28, 2025

प्रतिनिधिसभामा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० र संसदीय समितिका तीन प्रतिवेदन पेस भएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन, २०७९/८० सभासमक्ष पेश गरेका थिए ।

यसैगरी अर्थ समितिका सभापति सन्तोष चालिसेले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गरे । प्रतिवेदन पेश गर्दै उनले समितिमा २८ बुँदामा संशोधन प्रस्ताव आएकामा तीन बैठकमा छलफल गरी प्रतिवेदन तयार पारिएको जानकारी गराए ।

यसैगरी सभापति चालिसेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पनि सभासमक्ष पेश गरे ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ सभा समक्ष पेस गरे ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ८ : ४२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका