२३ बैशाख २०८३, बुधबार | May 7, 2026

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता



काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । शनिबार (पुस १२) आयोगले मतदाता नामावली प्रकाशन गर्दै देशभरका योग्य मतदाताको विवरण अद्यावधिक गरिएको जनाएको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो । आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबै नागरिकलाई समेटेर नामावली अद्यावधिक गरिएको छ ।

प्रकाशित विवरणअनुसार कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ । यसमध्ये पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८, महिला मतदाता ९२ लाख ४० हजार १३१ र अन्य २०० जना रहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार मतदाताले आफ्नो नाम, ठेगाना तथा अन्य विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन् । नामावलीमा कुनै त्रुटि देखिएमा सम्बन्धित निर्वाचन कार्यालयमार्फत सुधारको प्रक्रिया अपनाउन पनि आयोगले आग्रह गरेको छ ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो । त्यसबेला पुरुष मतदाता ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ जना थिए ।

यसअनुसार पछिल्लो तीन वर्षको अवधिमा कुल मतदाता संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । आयोगका अनुसार यस अवधिमा पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ र अन्य १५ जना थपिएका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र समावेशी बनाउन मतदाता नामावली अद्यावधिक तथा व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ३३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा