२८ भदौ २०८३, आइतबार | September 14, 2026

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार, निर्वाचन तयारी मुख्य एजेन्डा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टीले सोमबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने गरी तयारी गरेको हो ।

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, समानुपातिक तर्फका उम्मेदवारको सूची, संगठनात्मक अवस्था तथा समसामयिक राजनीतिक परिस्थितिबारे व्यापक छलफल हुने छ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीको रणनीति, उम्मेदवार छनोटको मापदण्ड, चुनावी एजेन्डा र अभियानका विषयमा निर्णय लिन बैठक महत्वपूर्ण हुने बताइएको छ । विशेषगरी समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीबारे छलफल गरी अन्तिम रुप दिने तयारी रहेको नेताहरूले जनाएका छन् ।

राप्रपाले पछिल्लो समय संगठन विस्तार र जनसमर्थन बढाउने अभियानलाई तीव्र बनाएको छ । सोही सन्दर्भमा सोमबारको बैठकलाई पार्टीका आगामी राजनीतिक कदम र चुनावी रणनीति तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ०० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा