४ पुस २०८२, शुक्रबार | December 19, 2025

काभ्रेमा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेकालाई प्रचण्डले गरे स्वागत



काभ्रे। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा उहाँले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् ।

तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु कांग्रेस, एमाले लगायतका दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

धुलिखेल नगरपालिकाको हलमा राजनीतिक वैचारिक प्रशिक्षण जारी छ । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य सूर्यमान दोङलगायतका नेताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको