२० माघ २०८२, मंगलबार | February 3, 2026

काभ्रेमा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेकालाई प्रचण्डले गरे स्वागत



काभ्रे। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा उहाँले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् ।

तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु कांग्रेस, एमाले लगायतका दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

धुलिखेल नगरपालिकाको हलमा राजनीतिक वैचारिक प्रशिक्षण जारी छ । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य सूर्यमान दोङलगायतका नेताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ०९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि