२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता-२०८१ देवदह ब्याईज विजयी



बुटवल । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा देवदह ब्याईज क्लब विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा शुक्रबार भएको खेलमा चिडिया ब्याईज क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै देवदहले अन्तिम आठमा स्थान बनाएको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको खेलको तेस्रो मिनेटमा देवदह ब्याईजका सुरज चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्सबाहिरबाट चौधरीको प्रहारले जाली चुमेसंगै अप्रत्यासित गोल खाएको चिडिया ब्याईजले पाचौ मिनेटको अर्को गोल खायो । मनिष पुनले दोस्रो गोल गरे । सुरज चौधरीको पासमा उनले विपक्षी टिमको जाली चुमाए ।

खेलको ४५ औं मिनेटमा चिडिया ब्याईजका सुजलमान घलेले डिबक्सभित्रबाट गरेको प्रहार देवदहका किपरले रोकिदिए । उनले गरेको अर्को प्रहार पनि बाहिरियो । दोस्रो हाफमा देवदहका दिपेश रानाले टिमका लागि तेस्रो गोल गरे । निर बहादुर थापाको क्रसमा रानाले जाली चुमाए । खेलमा देवदह ब्याईजका सुरज चौधरी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

शनिबार रामनगर युवा परिवार र योग ब्याईज एफसीका बिचमा खेल हुने संयोजक राम बहादुर थापाले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ८ : ३० बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र