बुटवल । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा देवदह ब्याईज क्लब विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा शुक्रबार भएको खेलमा चिडिया ब्याईज क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै देवदहले अन्तिम आठमा स्थान बनाएको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको खेलको तेस्रो मिनेटमा देवदह ब्याईजका सुरज चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्सबाहिरबाट चौधरीको प्रहारले जाली चुमेसंगै अप्रत्यासित गोल खाएको चिडिया ब्याईजले पाचौ मिनेटको अर्को गोल खायो । मनिष पुनले दोस्रो गोल गरे । सुरज चौधरीको पासमा उनले विपक्षी टिमको जाली चुमाए ।
खेलको ४५ औं मिनेटमा चिडिया ब्याईजका सुजलमान घलेले डिबक्सभित्रबाट गरेको प्रहार देवदहका किपरले रोकिदिए । उनले गरेको अर्को प्रहार पनि बाहिरियो । दोस्रो हाफमा देवदहका दिपेश रानाले टिमका लागि तेस्रो गोल गरे । निर बहादुर थापाको क्रसमा रानाले जाली चुमाए । खेलमा देवदह ब्याईजका सुरज चौधरी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
शनिबार रामनगर युवा परिवार र योग ब्याईज एफसीका बिचमा खेल हुने संयोजक राम बहादुर थापाले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।


















प्रतिक्रिया