२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्नेगरी काम गर्न सांसद भण्डारीको आग्रह



गुल्मी । सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरुलाई अनुरोध गरेका छन् ।

आज यहाँ विकास– निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरुसँगको छलफलमा उनले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक विकासका परियोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने बताए ।

छलफल कार्यक्रममा मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर सुरेन्द्र गौतमले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजनाको हालसम्मको वित्तीय एवं भौतिक प्रगतिको बारेमा जानकारी गराएका थिए ।

सांसद भण्डारीले रिडी–तम्घास र रिडी बल्कोट सडक आयोजनामा संलग्न निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयसँग पनि छलफल गरेका छन् ।

त्यस अवसरमा उनले दुवै सडकका निम्ति वजेटको अभाव नहुने तथा काम रोक्नुपर्ने अवस्था उत्पन्न हुन नदिन आफूले सम्बनिधत निकायसँग निरन्तर सम्पर्क एवं समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ४ : ५८ बजे

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार

नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की