४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

खेलकुदमा उच्छृङ्खलतालाई छुट छैन : मन्त्री चौधरी



काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उच्छृङ्खल गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

यही माघ २५ गते केही अराजक समूहले राखेपका सदस्यसचिवको कार्यकक्षमा गरेको अभद्र व्यवहारका विषयमा मन्त्री चौधरीले जो कोही भए पनि कानुनी कारबाही गराई छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

उक्त घटनाका विषयमा जानकारी लिन आज परिषद् पुगेका मन्त्री चौधरीले खेलकुद अनुशासनको पर्याय भएको उल्लेख गर्दै चित्त नबुझेका विषयमा छलफल गर्न सकिने तर बोर्डले गरेका निर्णय कार्यान्वयन गर्ने तथा गराउन आफू पछि नहट्ने बताए ।

सो अवसरमा राखेप उपाध्यक्ष ध्रुव आचार्यको पनि उपस्थिति रहेको थियो । उपाध्यक्ष आचार्यले गलत क्रियाकलाप गर्नेलाई नियमानुसार कारबाही हुनुपर्ने बताए ।

त्यस अवसरमा परिषद्का विभिन्न विभागीय प्रमुखहरुका तर्फबाट उच्छृङ्खल क्रियाकलाप गर्ने व्यक्तिलाई कारबाही गराउन आवश्यक पहल थाल्न मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ०३ बजे

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण