४ पुस २०८२, शुक्रबार | December 20, 2025

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ



नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर सम्पर्कबिहीन भएकी बाँकेकी एक युवतीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै प्रतिब्क्ति १४र१५ लाखको दरले करोड बढी रकम उठाएर फरार भएकी बांके बैजनाथ गाउंपालिका वडा नम्बर ५ कि २३ वर्षीया तिर्सना बाठामगरलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न मितिमा विभिन्न व्यक्तिलाई बैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४र१५ लाख रुपैया उठाएर सम्पर्कबिहीन भएको भन्दै बैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा तिर्सनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैदेशिक रोजगार विभागको पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी आयुस जोशीले बताए ।

डीएसपी जोशीले बैदेशिक रोजगार विभागमा उजुरी परेको र पक्राउ आदेश प्राप्त भएको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर मार्फत तिर्सनालाई पक्राउ गरि अनुसन्धान थालिएको बताए ।

उनले जापानमा वर्किङ भिसामा पठाइदिने भन्दै रकम असुलेको भन्दै पीडितहरुले बैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । उनी माथि १ करोड २३ लाख ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको