२१ माघ २०८२, बुधबार | February 4, 2026

तनहुँमा शिक्षिकाले तातो पन्युले विद्यार्थीको गाला डामिन्



काठमाडौं । कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युले डामेकी छिन्।

भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ वर्षीया सुष्मा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत् एक बालकलाई खाना पकाउने पन्युले गालामा डामेर घाइते बनाएकी हुन्।

मंगलबार साढे ११ बजे शिक्षिका श्रेष्ठले कक्षामा हो-हल्ला गरेको भन्दै सजाय दिने बहानामा तातो पन्युले बालकको गालामा डामेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बताए।

‘शिक्षिकाले गालामा पन्युले डाम्दा बालक घाइते भएको भनी सामाजिक सञ्जालमा प्रसारण भएपछि शिक्षिकालाई पक्राउ गरिएको छ,’ अधिकारीले भने।

शिक्षिका श्रेष्ठले अन्य दुई जना विद्यार्थीलाई समेत सोही प्रकृतिले डामेको खुलेको छ। यसरी शिक्षिकाले सजायको नाममा यातना दिएपछि पीडित बालकका अभिभावक प्रहरीमा जाहेरी दिन पुगेका थिए।

उक्त स्कुलकी लेखापालसमेत रहेकी शिक्षिकालाई बुधबार नियन्त्रणमा लिएर बालबालिकाविरूद्धको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ। श्रेष्ठलाई जिल्ला अदालत तनहुँले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ३५ बजे

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१

संसद् पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी रिटमा