१६ चैत्र २०८२, सोमबार | March 30, 2026

व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीले २०५२ सालमा सुरु गरेको सङ्घर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइनसकेको बताएका छन् ।

माओवादीले सङ्घर्ष सुरु गरेको ३० औँ वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै रहेको उल्लेख गरेका छन् ।

उनले महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन नसकेको, सङ्घीयता अझै संस्थागत नभइसकेको उल्लेख गर्दै समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले जनताप्रति इमानदार हुँदै, सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा अझै बाँकी नै रहेको स्पष्ट पारेका छन् ।

२०५२ साल फागुन १ गतेलाई नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन भनेर स्मरण गर्दै दाहालले नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘आजको दिन हामीले के हासिल गर्‍यौँ र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन पनि हो ।’

माओवादीको सङ्घर्षकै कारण इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भएको चर्चा गर्दै उनले यसैका कारण राजतन्त्रको अन्त्य भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दाबी गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीवासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि सङ्घर्षमा होमिए । जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौँ । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौँ ।’

 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ८ : १४ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन