२४ भदौ २०८३, बुधबार | September 9, 2026

‘एक घर एक धारा’ का लागि तीन लाख लिटरको ट्याङ्की



धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ ।

एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माणकार्य बुधबारदेखि सुरु भएको छ ।

निर्माणकार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त शाक्यले सबै नागरिकको घरमा खानेपानी पु¥याउने नगरको योजना रहेको बताए । यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीअन्तर्गत पानी आपूर्ति गर्दै आएकामा गत असोज १२ गते गएको बाढीले क्षति पुगेपछि नगरपालिकामा फेरि खानेपानीको समस्या भएको उनले बताए ।

नगरप्रमुख शाक्यले बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उद्देश्यअनुरुप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । खानेपानीमा राजनीति नगरी समस्या समाधान गर्ने काममा सहयोग गर्न उनले सबै नगरवासीलाई आग्रह गरे ।

नगर उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिका-६ ले सुरु गरेको अभियानमा नगरपालिकाको पूर्ण समर्थन रहेको र यसका लागि आवश्यक बजेट तथा समन्वयका लागि नगरपालिका तयार रहेको बताइन । उनले खानेपानी, सडक, स्वास्थ्य जस्ता विकासमा सबै नगरवासीले साथ र सहयोग गर्नुपर्नेमा जोड दिइन ।

बनेपा नगरपालिका-६ का वडाअध्यक्ष सचितानन्द केसी पहिलो चरणको खत्रीगाउँ डिपबोरिङको काम ९९ प्रतिशत सम्पन्न गरी धारा वितरण गरिसकेको बताउँछन । उनले दोस्रो चरणको योजनाबाट डाँडागाउँ क्षेत्रका करिब एक हजार जना लाभान्वित हुने बताए । “तीन लाख लिटर क्षमताको ट्याङ्की निर्माण सम्पन्नपश्चात् तेस्रो चरणका लागि रु ७० लाख विनियोजन गरिएको छ । यसबाट तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रका नागरिक लाभान्वित हुनेछन्”, उनले भने ।

सबै पानीका मुहान एकीकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईंले वडावासीको समग्र हितका लागि छरिएका मुहानलाई एकीकृत गर्न भएको सहमतिअनुसार तीव्र गतिमा काम अगाडि बढिरहेको बताए । “हामी सबै राजनीतिक दल, स्थानीय उपभोक्ता र जनप्रतिनिधिको संयुक्त भेलाबाट छरिएका मुहान एकीकृत गरेर संयुक्त रूपमा पानी ट्याङ्कीमार्फत वितरण गर्न सहमत भएका हौँ । सोहीअनुसार काम अगाडि बढेको छ”, उनले भने ।

डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा ‘पाइपलाइन’ विस्तार योजनाका संयोजक सुनिल घर्ती मगरले रु ३५ लाख ३० हजारमा लाइन विस्तार र खानेपानी ट्याङ्की निर्माण सम्पन्न हुने बताए । नगरस्तरीय योजनाअन्तर्गत रु पाँच लाख ३० हजार उपभोक्ताबाट र बाँकी ३० लाख नगरपालिकाबाट बेहोर्ने उनले बताए ।

खत्रीगाउँमा रहेका सातवटा मूललाई एकीकृत गर्ने र थप पानीको स्रोतका लागि ‘डिपबोरिङ’ गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ८ : ५० बजे

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य