२१ असार २०८३, आइतबार | July 5, 2026

रुपन्देहीको गैडहवा गाउँपालिकामा घरबास कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड



बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत महिलाहरुका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ । गैडहवा-४ मा अवस्थित गैडहवाताललाई आन्तरिक तथा बाह्य पर्यटक लक्षित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने उद्देश्श्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारहरुलाई प्रवर्द्धन गर्नेगरी तालिम सञ्चालन गरिएको हो ।

तालिममा सिकेका सीपलाई प्रयोग गरी महिलाहरुले तयार पारेका विभिन्न परिकारहरुको स्वादसहित बुधबार विविध साँस्कृतिक कार्यक्रमगरी तालिम समापन गरिएको थियो । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले महिलाहरुलाई सीप र रोजगारसँग जोड्दै दीर्घकालिन आर्थिक गतिविधिमा जोड्ने प्रयास गरिएको बताए ।

पर्यटन विकास र रोजगारका माध्यमबाट आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागि गाउँपालिकाले विभिन्न स्वरोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । लुम्बिनी आएका पर्यटकलाई गैडहवा ताल तथा यहाँका अन्य पर्यटकीय स्थलहरुमा समेत ल्याउन सकेमा यहाँका जनताले ठूलो आर्थिक लाभ उठाउन सक्ने बताउँदै उनले सोही अनुसार योजना बनाएर अघि बढिएको जानकारी गराए ।

वडा नम्बर ९ अध्यक्ष मिना क्षेत्री, वडा नम्बर ७ का लालबहादुर केवट, वडा नम्बर १ का प्रदिपप चौधरी तथा वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र सिंह कुर्मी लगायतले बोल्दै गैडहवा ताल र यहाँको सिमसार क्षेत्रको संरक्षण र प्रचारप्रसारमा जोड दिए । होमस्टे सञ्चालन गरी रोजगारीको अवसरलाई दिगोपन र स्थानीय जनतालाई आत्मनिर्भर बनाउन सकिने उनीहरुको विचार थियो ।

यसैगरी गाउँपालिका योजना शाखा प्रमुख रचना गौतम, लुम्बिनी होटल एसोसिएशनका महासचिव पुरुषोत्तम अर्यालल लगायतले बोल्दै तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न जोड जोड दिए । लुम्बिनी घुम्न आउने पर्यटकलाई गैहवासम्म आउने वातावरण निर्माणका लागि सरकारसँगै स्थानीयको समेत भूमिका महत्वपूर्ण रहने हुँदा पर्यटन सँस्कृतिको बिकासमा जोड दिए ।

गैडहवा गाउँपालिकाको आर्थिक सहयोग तथा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा सञ्चालन गरिएको तालिममा गैडहवाका ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । स्थानीय परिकार र परम्परालाई प्रवर्द्धन गरी पर्यटक भित्र्याउन सकिने बताउँदै सशक्तिकरण विकास नेपालकी अध्यक्ष एलिजा खनालले आर्थिक गतिविधिमा जोडिन आग्रह गरिन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १० : ०६ बजे

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि