१३ पुस २०८२, आइतबार | December 28, 2025

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने



काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : ४२ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र