२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ



काठमाडौं। आजकल धेरैले शाकाहारी खानेकुरा अपनाइरहेका छन्, जुन स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।

तर, शाकाहारी हुनुको साथसाथै यो पनि महत्त्वपूर्ण छ कि हाम्रो शरीरलाई आवश्यक सबै भिटामिन र खनिजहरू प्राप्त हुन्छन्। धेरै पटक शाकाहारी खानामा केही तत्वको कमी हुने गरेको देखिन्छ । जसका कारण शरीरमा कमजोरी र रोग लाग्ने खतरा बढ्छ ।

तर अब चिन्ता नलिनुहोस्, आज हामी तपाईलाई त्यस्ता ४ विशेष चीजको बारेमा बताउनेछौँ, जसलाई यदि तपाईले आफ्नो शाकाहारी खानामा समावेश गर्नुभयो भने तपाईको शरीरमा कुनै पनि भिटामिन र मिनरल्सको कमी हुने छैन्।

दाल र सिमी
दाल र सिमी प्रोटिन, फलाम, फाइबर र धेरै प्रकारका भिटामिनहरूको भण्डार हो। यी हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छन्।

हरियो साग
हरियो सागपातमा क्याल्सियम, आइरन, भिटामिन के र अन्य धेरै पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। यसले हाम्रो हड्डी र मांसपेशी बलियो बनाउँछ।

फलफूल र ड्राइ फ्रुट
फलफूल र ड्राई फ्रुट्समा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले हाम्रो छाला र कपाललाई स्वस्थ राख्छ र रोगहरूसँग लड्न मद्दत गर्दछ।

डेरी उत्पादन
दूध, दही र चीजजस्ता दुग्धजन्य पदार्थमा क्याल्सियम, भिटामिन डी र प्रोटिनको मात्रा बढी हुन्छ। यसले हाम्रो हड्डी बलियो बनाउँछ र शरीरलाई ऊर्जा प्रदान गर्छ।

त्यसैले तपाइँ शाकाहारी हुनुहुन्छ भने तपाइँको आहारमा यी ४ चीजहरू अवश्य समावेश गर्नु होस्। यसबाट तपाईंको शरीरलाई आवश्यक सबै पोषक तत्वहरू प्राप्त हुनेछन् र तपाईं स्वस्थ रहनु हुनेछ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : २७ बजे

Your email address will not be published.

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण

‘इनम’सँग कनेक्सन रहेको आशंकामा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ

टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही हुन्छ : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जनताले