४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीबाट २० किलो बढी चरेश र २१ किलो गाँजा सहित ७ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लागु औषध नियन्त्रण ब्यूरोले जिल्लाको सिद्धार्थनगर भैरहवा र तिलोत्तमाबाट लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ्ग गजुरी गाउँपालिका वडा नं. ८ का ३३ वर्षिय दिपक तामाङ, सोही स्थानका ३६ वर्षिय सुन बहादुर तामाङ, ३१ वर्षिय नक्कल बहादुर तामाङ, ४१ वर्षिय कोप्रेमलाल तामाङ तथा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं ४ आदर्शनगरका २५ वर्षिय जिबन मल्लाह रहेका छन् ।

त्यसैगरि प्रहरीले रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.१४ का २३ वर्षिय दिलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नं. १ का ३८ वर्षिय जिवनाथ पाण्डेलाई पनि पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिकावडा नं. ४ र वडा नं. ८ तथा तिलोत्तमा नगरपालिका वडा नं. १५ मा लागु औषध कारोबार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रणब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले २० किलो ७९ ग्राम चरेस, २१ किलो गाँजा र लागु औषध पोल्याण्ड जस्तो देखिने ८४ ग्राम धुलो पदार्थ सहित ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध ओसार पसार तथा बेचबिखन मुद्दामा थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ११ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको