९ चैत्र २०८२, सोमबार | March 24, 2026

रुपन्देहीबाट २० किलो बढी चरेश र २१ किलो गाँजा सहित ७ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लागु औषध नियन्त्रण ब्यूरोले जिल्लाको सिद्धार्थनगर भैरहवा र तिलोत्तमाबाट लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ्ग गजुरी गाउँपालिका वडा नं. ८ का ३३ वर्षिय दिपक तामाङ, सोही स्थानका ३६ वर्षिय सुन बहादुर तामाङ, ३१ वर्षिय नक्कल बहादुर तामाङ, ४१ वर्षिय कोप्रेमलाल तामाङ तथा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं ४ आदर्शनगरका २५ वर्षिय जिबन मल्लाह रहेका छन् ।

त्यसैगरि प्रहरीले रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.१४ का २३ वर्षिय दिलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नं. १ का ३८ वर्षिय जिवनाथ पाण्डेलाई पनि पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिकावडा नं. ४ र वडा नं. ८ तथा तिलोत्तमा नगरपालिका वडा नं. १५ मा लागु औषध कारोबार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रणब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले २० किलो ७९ ग्राम चरेस, २१ किलो गाँजा र लागु औषध पोल्याण्ड जस्तो देखिने ८४ ग्राम धुलो पदार्थ सहित ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध ओसार पसार तथा बेचबिखन मुद्दामा थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ११ : १२ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११