१२ पुस २०८२, शनिबार | December 27, 2025

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ ।

यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि साँझ पाँचबजेसम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

यस्तै भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवम् रुख बिरुवाका हाँगा काट्ने प्रयोजनाका लागि आज बिजुली प्रवाह रोकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : १२ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि