२७ माघ २०८२, मंगलबार | February 11, 2026

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा गोल्डकपको च्याम्पियन



काठमाडौं । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ ।

सर्वाधिक सफल टोली मानिएको नेपाल पुलिस क्लबविरुद्ध ३–१ को जित निकाल्दै उज्वेकिस्तानको ब्लाक बुल्स च्याम्पियन भएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।

शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले समान एक एक गोल गरेका थिए भने पुलिसका लागि एक गोल त्यो पनि आत्मघाती उपाहार स्वरुप प्राप्त भएको थियो ।

खेलको पहिलो हाफको ४०औं मिनेटमा अखमादोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो भने दोस्रो हाफको ५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।

सतोरोभ ६६औं मिनेटमा गोल गर्दा ब्ल्याक बुल्स ३–० ले अगाडि बढिसकेको थियो तर ७७औं मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल हुन पुग्दा खेल ३–१ को स्थितीमा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा ब्ल्याक बुल्स यस बर्षको आहा गोल्डकपको च्याम्पियन बन्न सफल भएको हो ।

सेमिफाइलनमा ब्ल्याक बुल्सले थ्री स्टार र पुलिसले चर्च ब्वाइज ब्वाइज युनाइटेडलाई पराजित गरेर फाइनलमा पुगेका थिए ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : ३३ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा