६ माघ २०८२, मंगलबार | January 20, 2026

पर्सामा वन जोगाउनै मुस्किल



वीरगञ्ज । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको आसपासको क्षेत्रमा गरेर चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका अनुसार जिल्लामा ठोरी, गादीमाई, विन्ध्वासिनी, सबैया साझेदारी वन क्षेत्र बढी अतिक्रमणमा परेको छ ।

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले जिल्लाको ठूलो जनसङ्ख्याको लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करबाट वन फँडानीका कारण पनि वन अतिक्रमण गर्ने प्रवृत्ति देखिएको जानकारी दिए ।

‘‘डिभिजन वन कार्यालयसँग दरबन्दी अनुसारको कर्मचारी पनि छैनन् । जसको कारणले सीमित जनशक्तिको कारणले पनि पर्याप्त मात्रामा अनुगमन र रेखदेख गर्न पनि समस्या भएको छ,’’ उनले भने, ‘‘कार्यालयमा एक सय कर्मचारीको दरबन्दी भए पनि अहिले ५३ जना कर्मचारी मात्रै रहेका छौंँ । सीमित स्रोतसाधन र जनशक्तिकोबीच काम गरिरहेका छौँ ।’’

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, २०८० को प्रतिवेदन अनुसार पर्सा जिल्लामा सबैभन्दा धेरै वन अतिक्रमण परेको क्षेत्रमा ठोरी ४ बाराहनदीदेखि पश्चिम क्षेत्र पर्दछ । जहाँ दुई सय हेक्टर वन अतिक्रमणमा परेको छ । गादीमाई साझेदारी वन क्षेत्र १६७ दशमलव ६८ हेक्टर अतिक्रमणमा परेको छ ।

सखुवाप्रसौनी साझेदारी वन ३३ दशमलव २ हेक्टर, सबैया साझेदारी वन २२ दशमलव २३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२ दशमलव ६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । डिभिवन वन अधिकृत अहमदले साझेदारी तथा अन्य वन जोगाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

‘‘अहिले त वन जोगाउने काम डिभिजन वन कार्यालयको मात्रै भन्ने भाष्य निर्माण भइरहेको छ,’’ उनले भने, ‘‘वन जङ्गल जोगाउनका लािग सबै हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।’’ कार्यालयका अनुसार जिल्लामा सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी, सेनाका ब्यारेक, सडक आदी भौतिक पूर्वाधार निर्माणमा समेत वनक्षेत्रको केही भाग अतिक्रमण गरेर पूर्वाधार लगायतका संरचना पनि निर्माण गरिएको छ ।

कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित रूपमा वन अनुगमन र निरीक्षण गर्न समस्या भइरहेको छ । पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । यहाँको वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : ५४ बजे

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा