४ आश्विन २०८३, आइतबार | September 20, 2026

संसद बैठक छाडेर कांग्रेस महामन्त्री गगन थापा महाकुम्भमा, सरकारको अध्यादेश पारित गर्ने योजना प्रभावित



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको प्रयागराजस्थित महाकुम्भमा स्नान गरेका छन् । पत्नी अञ्जना केसीसहित प्रयागराज पुगेका थापाले सोमबार गंगा स्नान गरेका हुन् ।

थापा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीको परिवारका साथ महाकुम्भ मेला गएका हुन् । यतिबेला कांग्रेससहित विभिन्न दलका सांसदहरू प्रयागराज पुगेका छन् । जसकारण संघीय संसदमा पेस हुने भनिएका विभिन्न अध्यादेश तत्कालका लागि स्थगित गरिएको छ ।

भारतको उत्तर प्रदेशस्थित तत्कालीन इलाहाबाद हाल प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाले यतिबेला भारतको धार्मिक पर्यटनमा धूम मचाइरहेको छ । १४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौंको संख्यामा तीर्थालुहरू पुगिरहेका छन्।

साधुसन्त, तपस्वीहरूको उपस्थिति बाक्लो छ। माघी पूर्णिमाको अवसरमा एकैदिन दुई करोडभन्दा धेरै श्रद्धालुले महास्नान गरेको उल्लेख गरिएको छ। ४५ दिनसम्म चल्ने महाकुम्भमा ५० करोड तीर्थालु उपस्थित हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : १५ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल