१२ माघ २०८२, सोमबार | January 26, 2026

संसद बैठक छाडेर कांग्रेस महामन्त्री गगन थापा महाकुम्भमा, सरकारको अध्यादेश पारित गर्ने योजना प्रभावित



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको प्रयागराजस्थित महाकुम्भमा स्नान गरेका छन् । पत्नी अञ्जना केसीसहित प्रयागराज पुगेका थापाले सोमबार गंगा स्नान गरेका हुन् ।

थापा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीको परिवारका साथ महाकुम्भ मेला गएका हुन् । यतिबेला कांग्रेससहित विभिन्न दलका सांसदहरू प्रयागराज पुगेका छन् । जसकारण संघीय संसदमा पेस हुने भनिएका विभिन्न अध्यादेश तत्कालका लागि स्थगित गरिएको छ ।

भारतको उत्तर प्रदेशस्थित तत्कालीन इलाहाबाद हाल प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाले यतिबेला भारतको धार्मिक पर्यटनमा धूम मचाइरहेको छ । १४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौंको संख्यामा तीर्थालुहरू पुगिरहेका छन्।

साधुसन्त, तपस्वीहरूको उपस्थिति बाक्लो छ। माघी पूर्णिमाको अवसरमा एकैदिन दुई करोडभन्दा धेरै श्रद्धालुले महास्नान गरेको उल्लेख गरिएको छ। ४५ दिनसम्म चल्ने महाकुम्भमा ५० करोड तीर्थालु उपस्थित हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : १५ बजे

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल

अमेरिकामा भीषण आँधी : ११ हजार ४ सयभन्दा बढी उडान रद्द

न्यासभिल । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३