२९ असार २०८३, सोमबार | July 13, 2026

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराती



काठमाडौं । माओवादी सांसद सुदन किरातीले प्रधानमन्त्री केपी ओलीसँगको सवाल-जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै किरातीले प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् । उनले सभामुख देवराज घिमिरेलाई पनि कटाक्ष गर्न बाँकी राखेनन् ।‘

‘केही दिन पहिले प्रधानमन्त्रीसँगको सवाल-जवाफमा हाम्रो कुरूप चित्र देखेर दुनियाँ हाँस्यो, सायद सभामुख महोदयलाई पनि भित्रभित्रै लज्जाबोध भइरहेको होला,’ पूर्वमन्त्रीसमेत रहेका किरातीले भने।

गत आइतबार सांसदहरूले प्रधानमन्त्री केपी ओलीसँग सवाल९जवाफ गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री ओलीले जवाफ दिनुको साटो प्रतिप्रश्न गरेका थिए भने सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका थिएनन्।

किरातीले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताए । ‘आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयता र उच्च नैतिकताको आवश्यकता परेको छ,’ उनले भनेका छन्। किरातीले सोमबार भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे संसदमा बोल्न नपाएको, तर आज किन बोल्न दिइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : १७ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले