३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

सुदन किराँतीद्वारा प्रलोपा परित्याग



काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा आफू अब पार्टीको साधारण सदस्यसमेत नरहने निर्णयमा पुगेको जानकारी दिएका हुन्।

किराँतीले करिब पाँच महिनाको राजनीतिक यात्रामा मार्गदर्शन गर्ने नेताहरू, साथ दिने साथीहरू तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्। उक्त अवधिमा हासिल अनुभवलाई “अमूल्य सम्पत्ति” का रूपमा आत्मसात गरेको उल्लेख गर्दै उनले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।

उनले जनताको भरोसा र सहिदहरूको अधुरो सपनालाई आत्मसात गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने प्रतिबद्धता पनि जनाएका छन्। “मेरो आगामी बाटो सजिलो नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु,” उनले स्टाटसमा उल्लेख गरेका छन्।

तत्कालिन नेकपा माओवादी केन्द्रमा रहेका किराँती जनार्दन शर्मासँग मिलेर प्रलोपा गठन गरेका थिए । तर, प्रलोपा स्थापना भएको ६ महिनाभित्रै विघटनको अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १२ : ०४ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर