१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

फेरी बोले मन्त्री किराँती : ‘अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो’



काठमाडौं । धर्म सम्बन्धि धरणका कारण चर्चामा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु भएको बताएका छन् । । सामाजिक सञ्जालमा आफ्नो धारण सार्वजनिक गर्दै मन्त्री किराँतीले अहिले आफु सबैको अभिभावक भएकाले सबै अस्तित्वको सम्मान गर्ने बताएका हुन् ।

उनले आफ्नो धारणालाई लिएर भएको बहशको लागि सबैलाई धन्यवाद समेत दिएका छन् । संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न आव्हान गर्दै उनले अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्ने तर्फ आफ्नो जोड रहेको स्पष्ट पारेका छन् । ‘भन्‍नलाई त मलाईः पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,’ उनी लेख्छन्, ‘फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ ।’

उनको भनाईलाई लिएर सर्वत्र चर्चा भइरहेका बेला किराँतीले आफ्नो धारण सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १ : ०५ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले