२० बैशाख २०८३, आइतबार | May 3, 2026

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव


७ फाल्गुन २०८१, बुधबार  

39
Shares

गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ ।

गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए ।

उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाई छ । ‘‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ,।’’ उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ । ‘‘बर्षभरी तीन महिना फागुन चैत र बैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ ”, उनले भने, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।” जङ्गलबाट झिकेर ल्याएको कच्चा पर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ ।

शेर्पाको उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको शेर्पाले बताए। ‘‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन’ उनले भने, ‘‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’’

मजदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ । ‘‘रोजगारीका हिसावले त कच्चा पर्दाथ संकलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ, उनले भने, ‘‘जंगलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन् ।’’

उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुईहजार थान (२०÷३० साइज)को कागज उत्पादन हुने शेर्पाले जानकारी दिए । शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिरसमेत निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : ३१ बजे

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख