२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय मन्त्रीसँग कुराकानी



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा बुधबार ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गरेकी छिन् ।

मन्त्री डा राणाले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरिन

सो फोनवार्ताका क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए ।

साथै उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको जानकारी मन्त्री डा देउवालाई गराए ।

त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्नेगरी सुरक्षाको प्रबन्ध गरिएको जानकारी पनि दिए।

कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट खालको रहेको र यो सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताएका थिए ।

यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।

हिजोमात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका छन् भने भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले कलेज प्रशासनसँग कुराकानी गरेका थिए ।

परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि कलेजले नेपाली विद्यार्थीहरुसँग सार्जजनिक रुपमा माफी माग्नुका साथै विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने स्टाफलाई बर्खास्त गरी कारबाही गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ४५ बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार