२० मंसिर २०८२, शनिबार | December 6, 2025

लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह व्याईजलाई



बुटवल । बुटवलमा बुधबार सम्पन्न लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि देवदह ब्याईज क्लब, देवदहले जितेको छ । उपाधि भिडन्तमा आयोजक लखन ब्रदर्शलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै देवदह ब्वाईजले नगद १ लाख ५१ हजार ५१५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लखन ब्रदर्शले नगद ७५ हजार ७५७ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा लखनका सुजित डाँगी खेलमा उत्कृष्ट डिफेन्डर, लखनकै जितेश गुरुङ उत्कृष्ट मिडफिल्डर, लखनकै मिलन आले सर्वाधिक गोलकर्ता, देवदहका टेक बहादुर मुखिया उत्कृष्ट गोलकिपर, देवदहका सुभाष थारु सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । सियारीका बलराम न्यौपाने उदयमान खेलाडी घोषित हुँदै पुरस्कृत भए । विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी नगद १० हजार ५०० सहित र अन्य चार जना उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार ५५५ रुपैयाँ, कपबाट पुरस्कृत भए ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा सिद्देश्वर खेलमैदानमा निक्कै प्रतिस्प्रधात्मक खेलको शुरुवातमा देवदहका हेनरी पोकुले गोल गर्दै टिमलाई अग्रता दिलाए तर अग्रता लामोसमय टिकेन ।आयोजकका रोशन थापाले डिबक्सबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरी भएको थियो । खेलको अन्तिम समयमा आयोजक लखनका अनुप थापाको हेडमार्फत आत्मघाती गोलसँगै खेलमा देवदह विजयी भयो ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्लबका अध्यक्ष सुदिप खत्री, क्लबका संरक्षक संयोजक राम बहादुर थापा, क्लबका सचिव निरन्जन पन्तले विजेता उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । माघ २२ देखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी गरि १६ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : ०९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय