४ पुस २०८२, शुक्रबार | December 20, 2025

संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरु हुनेछ । जुन बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ ।

साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्य प्रगति (अर्धवार्षिक) को बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको