१२ बैशाख २०८३, शनिबार | April 25, 2026

धेरै नरिसाउनुस् बाबुरामजी, ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ : प्रकाशचन्द्र लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन् । नेपाल देश भट्टराइको विर्ता नभएको समेत लोहनीले टीप्पणी गरेका छन् ।

‘के यो देश तपाईको विर्ता हो ? अथवा तपाईंमा अझ पनि स्टालिनवादको रन्को बाँकी छ ? अरू सबै बेठिक र म मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन विस्तारै फासिस्ट कित्तामा पुग्छ, यस्तो यात्रामा नलाग्नुस्,’ वरिष्ठ राजनीतिज्ञ डा. लोहनीले सामाजिक सञ्जालमा भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो वक्तव्यमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको उन्नति र समृद्धीका लागि सहयोग गर्न देशबासीलाई आह्वान गरेपछि पूर्वप्रधानमन्त्री भट्टराइले पूर्वराजाले सीमा नाघेको र कारबाही गर्नुपर्ने मत सार्वजनिक गरेका थिए ।

भट्टराईको सो भनाइप्रति कटाक्ष गर्दै डा. लोहनीले प्रत्युत्तर दिएका हुन् । ‘मित्र बाबुराम भट्टराईजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भन्दा तपाईंलाई धेरै रिस उठेछ । तपाईं धेरै नरिसाउनुस् मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ,’ लोहनीले भनेका छन् ।

‘तपाईंले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिँदैन, म अगाडि आउँछु सहयोग गर्नुस् भन्न नपाइने ?,’ लोहनीको तर्क छ ।

राप्रपाका पूर्वअध्यक्ष लोहनीले भट्टराईलाई नयाँ पार्टीका लागि शुभकामना समेत दिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : ४७ बजे

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा

आफै बस्ती खाली गर्दै मनोहराका सुकुम्बासी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ : चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीरभूमिहीनको