७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत



काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ । बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्राडा ब्रह्मदेव झालाई मनोनयन गरेको छ ।

प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै पेस गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मत रुपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिए ।

उनले दीर्घकालीन र आर्थिक रुपमा प्रभाव पर्ने निर्णयलाई स्वीकृत गर्न नसकिने स्पष्ट पारे ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई