१४ पुस २०८२, सोमबार | December 29, 2025

‘मातृभाषा जोगाउन अभिभावकहरू जागरूक हुनुपर्छ’



काठमाडौँ । अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा आज आयोजित एक अन्तरक्रियाका वक्ताहरूले मातृभाषा जोगाउनका लागि विशेष रूपमा घरमा अभिभावकहरूले नै आफ्ना बालबालिकालाई हौसला बढाउनुपर्ने विषयमा जोड दिएका छन् ।

आइ लभ मिथिलाद्वारा आयोजना गरिएको ‘भाषाक भविष्य’ अन्तरक्रियामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झाले भने, “प्रदेशहरूले भाषा आयोगको सुझाव प्रतिवेदनका आधारमा मात्र प्रदेशका भाषाहरू निर्धारण गर्नुपर्छ । कहीँ सुझावमा उल्लेख नै नभएको भाषालाई प्रदेशको कामकाजी भाषा बनाउनुपर्ने हुन्छ ।” उनले परिवारका वरिष्ठ व्यक्तिहरूले आफ्ना सन्तानहरूलाई भाषा सिकाउनुपर्नेमा जोड दिए ।

मिथिला पेन्टिङ चित्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एसी सुमनले मैथिली भाषाप्रति दिनदिनै चुनौती थपिँदै गएकाले मैथिली भाषीहरू विभिन्न माध्यमबाट संरक्षण गर्न अग्रसर हुन युवाहरूलाई आग्रह गरे । उनले अभिभावकहरूले आफ्ना सन्तानलाई आ–आफ्ना मातृभाषाको ज्ञान दिनुपर्ने बताए ।

आमा नभएको बेला पनि मृत्युसम्म मातृभाषा मनदेखि जीवनसम्म साथ हुने भएकाले आफ्नो मातृभाषा आवश्यक राज्यले मात्र नभई मातृभाषा जोगाउन अभिभावक पनि जागरूक हुनुपर्ने विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाले जोड दिए ।

मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रमा आयोजित उक्त अन्तरक्रियामा गजेन्द्र गजुर, ज्योति विश्वकर्मा, अर्चना झा, शिवम् प्रशान्त, विकास वत्सनाव राम रत्न, चित्रांश लाभ, आनन्द काशिकलगायत वक्ताहरूले समेत विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ०९ बजे

माछापुच्छ्रे बैंक र स्मार्ट पे ‘साइप्रस’ बीच रेमिट्यान्स सम्झौता

काठमाडौ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा

बयान दिन आयोग पुगे पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४

रेणु यादवसहित जसपाका बहुमत सदस्य जसपा नेपाल फर्किए

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फेरि

स्वदेशी उद्यमशीलताबाट मात्रै समृद्धि सम्भव : नीतिगत अस्थिरता र कार्यान्वयन कमजोरी मुख्य बाधक

बुटवल । समृद्ध नेपाली अर्थतन्त्रको आधार स्वदेशी उद्यमशीलताको विस्तार नै

विपद्बाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति