३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

‘मातृभाषा जोगाउन अभिभावकहरू जागरूक हुनुपर्छ’



काठमाडौँ । अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा आज आयोजित एक अन्तरक्रियाका वक्ताहरूले मातृभाषा जोगाउनका लागि विशेष रूपमा घरमा अभिभावकहरूले नै आफ्ना बालबालिकालाई हौसला बढाउनुपर्ने विषयमा जोड दिएका छन् ।

आइ लभ मिथिलाद्वारा आयोजना गरिएको ‘भाषाक भविष्य’ अन्तरक्रियामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झाले भने, “प्रदेशहरूले भाषा आयोगको सुझाव प्रतिवेदनका आधारमा मात्र प्रदेशका भाषाहरू निर्धारण गर्नुपर्छ । कहीँ सुझावमा उल्लेख नै नभएको भाषालाई प्रदेशको कामकाजी भाषा बनाउनुपर्ने हुन्छ ।” उनले परिवारका वरिष्ठ व्यक्तिहरूले आफ्ना सन्तानहरूलाई भाषा सिकाउनुपर्नेमा जोड दिए ।

मिथिला पेन्टिङ चित्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एसी सुमनले मैथिली भाषाप्रति दिनदिनै चुनौती थपिँदै गएकाले मैथिली भाषीहरू विभिन्न माध्यमबाट संरक्षण गर्न अग्रसर हुन युवाहरूलाई आग्रह गरे । उनले अभिभावकहरूले आफ्ना सन्तानलाई आ–आफ्ना मातृभाषाको ज्ञान दिनुपर्ने बताए ।

आमा नभएको बेला पनि मृत्युसम्म मातृभाषा मनदेखि जीवनसम्म साथ हुने भएकाले आफ्नो मातृभाषा आवश्यक राज्यले मात्र नभई मातृभाषा जोगाउन अभिभावक पनि जागरूक हुनुपर्ने विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाले जोड दिए ।

मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रमा आयोजित उक्त अन्तरक्रियामा गजेन्द्र गजुर, ज्योति विश्वकर्मा, अर्चना झा, शिवम् प्रशान्त, विकास वत्सनाव राम रत्न, चित्रांश लाभ, आनन्द काशिकलगायत वक्ताहरूले समेत विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ०९ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा