४ पुस २०८२, शुक्रबार | December 20, 2025

धार्मिक बाटिका निर्माणार्थ खजुरामा धार्मिक महा अनुष्ठान हुँदै



खजुरा । बाँकेको खजुरामा धार्मिक बाटिका निर्माणार्थ खजुरा शिवकालिका धार्मिक महा अनुष्ठान हुने भएको छ । स्थानीय शिकालिका मन्दिरको जग्गा मध्य कम्तीमा १ बिगाहा जग्गामा धार्मिक बाटिका निर्माणको सहयोगार्थ धार्मिक महा अनुष्ठान गर्न थालिएको हो ।

महा अनुस्थानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिर परिषरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन, मन्दिरको सर्वाङ्गीन विकास गर्न तथा धार्मिक पुष्पबाटिक निर्माण गरि जेष्ठनागरिकका लागि सत्संग स्थल बनाउन अनुष्ठान गरिने जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै ईश्वरशरण महाराजले अनुष्ठानबाट संकलित रकमबाट स्वीमिङ पुल सहितको बाटिका निर्माण गरिने जानकारी दिए । फागुन २१ देखि २८ गते सम्म संचालन हुने अनुष्ठानमा सुप्रिया किशोरीले कथा वाचन गर्ने उनले जानकारी दिए ।

मन्दिर संचालक समितिका अध्यक्ष सुरेश भट्टले मन्दिर परिषरसंगै रहेको खेलमैदानको स्तरउन्नती सहित मन्दिरको जग्गामा पुष्पबाटिका बनाउन महा अनुष्ठानको आयोजना गर्न थालिएको जानकारी दिए । उनले महा अनुष्ठानका लागि लाग्ने सम्पूर्ण लागत ईश्वरशरण महाराजको नेतृत्वमा रहेको संस्थाले ब्यहोर्ने र संकलित रकम आधा-आधा बाँड्ने गरि सहमति भएको बताए ।

महाअनुष्ठानको सम्पूर्ण तयारी तिब्रताका साथ अगाडी बढाइएको मन्दिर समितिका उपाध्यक्ष तोकराज गिरीले बताए । खजुरा स्थित ज्ञानोदय नमुना उच्च माबी नजिक रहेको शिकालिका मन्दिरको स्वामित्वमा ६ बिगाहा बढी भौतिक सम्पत्ति रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको