१५ चैत्र २०८२, आइतबार | March 30, 2026

त्रिशुलीमा भेटिएको शव मोटरसाईकल दुर्घटनापछि हराईरहेका रानाको भएको पुष्टि



चितवन । त्रिशुली नदीमा फेला परेको शव मोटरसाईकल दुर्घटना हराइरहेका रोहित रानाको रहेको पुष्टि भएको छ ।

आईतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारी शव नदीबाट बाहिर निकालेको हो ।

सो शव चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका-५ स्थित ३ नं. पुलबाट मोटरसाईकल दुर्घटना भई त्रिशुली नदीमा हराई रहेका रोहित रानाको भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६-०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते विहान करीब ११:४० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परी हराई रहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौं जान हिडेको परिवारका सदस्यहरुले बताएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ११ : ३५ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा