१५ चैत्र २०८२, आइतबार | March 29, 2026

फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस् : वामदेव गौतम



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न सुझाव दिएका छन् ।

आजको बैठकको विशेष समयमा उनले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको बताए ।

“नेपाली जनताले जनआन्दोलनको बलमा राजा हटाएर बहुदलीय व्यवस्था ल्याएका हुन्”, उनले भने, “पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातन्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस् ।”

सांसद झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारले संसद्लाई छलेर ल्याएका अध्यादेश भूमाफिया, कालोबजारी, राजस्व छली, स्वार्थ समूहको हितमा रहेको आरोप लगाउँदै आमजनताको पक्षमा नरहेको अध्यादेश पास गर्न नुहुने धारणा व्यक्त गरे ।

सांसद नारायणदत्त मिश्रले कृषि अनुदान अपचलन गर्नेलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै मल बीउ र खनजोतका लागि वडा कार्यालयमार्फत अनुदान दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। “एकातर्फ मलबीउ छैन, अर्कातर्फ सीमा क्षेत्रमा सुरक्षाकर्मीको ज्यादती छ, एक कट्टा मल र १० किलो बीउ ल्याउनेलाई कारबाही गर्छन्”, उनले भने, “मलबीउ, खनजोत र सिँचाइका लागि सबैभन्दा बढी अनुदान हुनुपर्छ, अन्य क्षेत्रका अुनदान कटौती हुनुपर्छ ।”

सांसद युवराज शर्माले आर्थिक समृद्धि र जनजीविकाको सबाल सम्बोधन गर्न राजनीतिक दलहरु चुक्न नहुनेमा जोड दिँदै सङ्घ र प्रदेशको संरचनामा व्यापाक सुधार गरेर जानुपर्ने खाँचो औँल्याए ।

सांसद डा बेदुराम भुसालले संसदीय प्रक्रिया र अन्तरवस्तुको दृष्टिकोणबाट अध्यादेश समर्थन गर्न नसकिने बताए । भूमिहीन, सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि विद्यमान ऐन पर्याप्त रहेको जनाउँदै उनले स्वार्थ समूहको हितमा भूमिसम्बन्धी अध्यादेश अघि बढाउन नहुने धारणा राखे ।

सांसद मोहम्मद खालिदले भारतको उडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु सम्बन्धमा नेपाल सरकारले चालेको कूटनीतिक पहल र त्यसको परिणामबारे सदनलाई जानकारी गराउन माग गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : २४ बजे

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा