४ पुस २०८२, शुक्रबार | December 20, 2025

साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ



काठमाडौं । वन्यजन्तु सालकको खपटा (आखेटोपहार)को ओसारपसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेरबहादुर स्याङताङ, नुवाकोट बेलकोटगढी नगरपालिका(५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्तबहादुर गुरुङ रहेका छन्।

यस्तै, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(६ बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहनगरपालिका-१५ घर भई हाल काठमाडौं-२६ नयाँ बसपार्क बस्ने ४२ वर्षीय मदन राई पनि पक्राउ परेका छन् ।

उनीहरूलाई शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नचामुण्डा चोकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूको साथबाट साढे ८ किलो सालकको खपटा बरामद भएको छ।

उनीहरूले कहाँबाट उक्त खपटा संकलन गरे भन्नेबारे डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको