२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण



काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ट्विटर (एक्स) अकाउन्ट नभएको र नक्कली आइडी बनाएर गलत प्रचार गरेकाप्रति प्रधानन्यायाधीशको निजी सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानन्यायाधीशको निजी–सचिवालयका उपरजिस्ट्रार नवीनकुमार यादवले आज जारी गरेको प्रेस विज्ञप्तिमा एउटा मिडियाले ‘प्रधानन्यायाधीश राउतको ट्विटर (एक्स) अकाउन्टबाट असान्दर्भिक पोस्ट, ह्याक भएको आशङ्का’ शीर्षकमा प्रकाशित समाचार र सो समाचारमा सङ्लग्न ट्विटर अकाउन्ट एवं सोमा लेखिएको व्यहोराप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

“सर्वोच्च अदालतको गरिमा र मर्यादा घटाउने तथा प्रधानन्यायाधीशको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकाले सो ट्विटमा उल्लेख भएको झुटो व्यहोराप्रति विश्वास नगर्न सबैमा अनुरोध गरिएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको गलत एवं भ्रामक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विटर गर्ने व्यक्तिलाई शीघ्र कानुनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिई सकिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।”

 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ५३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय