१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मोहना अन्सारीलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार



काठमाडौँ । मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कार कोषका संस्थापकमध्येका हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अर्ज्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ इ ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । उक्त पुरस्कार यही फागुन १७ गते एक कार्यक्रमबीच प्रदान गरिने स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले जानकारी दिए । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

गोरखामा १९६३ सालमा जन्मिएका शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष शास्त्र र संस्कृतिका अध्येता हुनुहुन्थ्यो । नन्दकुमारी उनकी धर्मपत्नी थिइन् । उनीहरुको नाममा पुरस्कार स्थापना गरिएको हो ।

विसं २०६२ मा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पु¥याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ । यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकारद्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार डा मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा डा सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीलगायतका व्यक्तिलाई सम्मान गरिसकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा